कोरोनाको जोखिम रहेकाले लकडाउनलाई थप गर्न विज्ञकाे सुझाव

90
काठमाडौं – उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई कसरी प्रभावकारी बनाउने विषयमा विज्ञहरुसंग छलफल गरेको छ  । 
शुक्रबार बसेको बैठकमा विज्ञहरुले कोरोनाको जोखिम कायम रहेकाले लकडाउनलाई थप गर्न सुझाव दिएसंगै सरकारले  लकडाउनलाई निरन्तरता दिने तयारी  गरेको छ । बैठकमा सहभागि एक मन्त्रीले जानकारी दिए । यसबारे भोलि समितिको बैठक बसेर छलफल गरी थप निर्णय गर्न मन्त्रिपरिषदलाई जिम्मा दिइने जनाइएकाे छ ।
विज्ञसँगको छलफलपछि समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण् विडारीले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय भएको जानकारी दिए । कोरोनाको उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको उनले जनाए ।
पछिल्लो समय लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमितको संख्या उल्लेख्य वृद्धि भएपछि लकडाउन थप कडा बनाइएको छ । गृह मन्त्रालयले यसअघि प्रशासनबाट जारी भएका सबै सवारी पास खारेज गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here