प्रधानमन्त्रीद्वारा संविधानविरोधी गतिविधिका विरूद्ध एकजुट हुन आग्रह

90

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय मुलुकमा मौलाएको गणतन्त्र विरोधी गतिविधिहरु र व्याप्त हिंसाको विरुद्धमा एक जुटभएर अघि बढ्न सबैमा आग्रह गरे ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटरमा जारी सर्वदलीय वैठकमा नेताहरुलाई स्वागत गर्दै उनले आजको छलफलका विषयमा प्रष्ट पारेका थिए । बैठकको सुरुवातमै प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने एजेन्डाबारे प्रकाश पारेका थिए। एकातिर नेकपाभित्रको उत्कर्षमा पुगेको विवाद छ भने अर्कातिर दैनिक गणतन्त्र विरोधी प्रदर्शनहरु भइरहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठकको आह्वान गरेका हुन् ।

वैठकमा प्रधानमन्त्री ओलीले आज छलफल गरिने विषयबारे प्रष्ट पारेका थिए । कोभिड– १९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका हुन् । सर्वदलीय बैठकअघि आज विहानै मन्त्रिपरिषद बैठक बसेको थियो । यसअघि प्रधानमन्त्री ओलीले भारतले लिपुलेक र कालापानी मिचेको विषयमा छलफल गर्न वैशाख ३१ मा पनि सर्वदलीय बैठक बोलाएका थिए । त्यतिबेला पनि राजनीतिक दलहरुबीच सहमति जुटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here