काठमाडौं – भारतसँगको सिमानाका काँडेतार लगाएर चर्चामा आएका पर्साका वडाध्यक्षले नेपालीको जमिन भारतमा पुगेकाले काँडेतार लगाउनु परेको जनाएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले भने, “सिमानाका नेपालीको धेरै समस्या छ, उनीहरुको जिउ र धन सम्पत्तिको रक्षाका लागि स्थानीय जनप्रतिनिधिको हैसियतले मैले यो पहल गरेको हुँ ।”
उनले स्थानीय बासिन्दाको माग र सहयोगमा नै आफुले सिमानाका दशगजा छाडेर काँडेतार लगाउने काम गरेको समेत जनाए ।
भारतीय क्षेत्रबाट जंगली जनावरहरु आएर नेपालीहरु असुरक्षित भएको भन्दै नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीलाई सहमत गराएर नै आफुले तार लगाएको उनको धारणा छ ।
सिमा क्षेत्रका नेपालीको समस्याका बारेमा अन्य नेता तथा सांसदहरु मौन रहेको बारेमा वडाध्यक्ष लामाले भने, “उहाँहरुले किन चासो देखाउनु भएको छैन, भगवान जानुन् ।”