नेपालकाे जमिन भारतले अतिक्रमण गरेकाेले काँडेतार लगाएः अध्यक्ष लामा

282

काठमाडौं – भारतसँगको सिमानाका काँडेतार लगाएर चर्चामा आएका पर्साका वडाध्यक्षले नेपालीको जमिन भारतमा पुगेकाले काँडेतार लगाउनु परेको जनाएका छन् ।

पर्साको ठोरी गाउँपालिका वडा नंं ६ का वडा अध्यक्ष सुर्य लामाले नेपालले लालपुर्जा दिएपनि धेरै नेपालीको जग्गा भारतमा पुगेको दावी गरेका छन् । दिनप्रतिदिन भारतीय पक्षले जग्गा मिच्दै नेपाल तर्फ छिरेकाले त्यसलाई नियन्त्रण गर्न काडेतार लगाउनु परेको उनले भने ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले भने, “सिमानाका नेपालीको धेरै समस्या छ, उनीहरुको जिउ र धन सम्पत्तिको रक्षाका लागि स्थानीय जनप्रतिनिधिको हैसियतले मैले यो पहल गरेको हुँ ।”

उनले स्थानीय बासिन्दाको माग र सहयोगमा नै आफुले सिमानाका दशगजा छाडेर काँडेतार लगाउने काम गरेको समेत जनाए ।

भारतीय क्षेत्रबाट जंगली जनावरहरु आएर नेपालीहरु असुरक्षित भएको भन्दै नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीलाई सहमत गराएर नै आफुले तार लगाएको उनको धारणा छ ।

सिमा क्षेत्रका नेपालीको समस्याका बारेमा अन्य नेता तथा सांसदहरु मौन रहेको बारेमा वडाध्यक्ष लामाले भने, “उहाँहरुले किन चासो देखाउनु भएको छैन, भगवान जानुन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here