अब भारततर्फ बराबरकै बीओपी

180

काठमाडौं – सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी)को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ ।

हाल सीमा नाकामा एक सय २० स्थायी बीओपी रहेकामा सो संख्या बढाएर पाँच सय पु¥याउने गरी गृह मन्त्रालयले तयारी थालेको हो । त्यसका लागि गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीलाई खाका बनाउन निर्देशनसमेत दिइसकेका छन् ।

बीओपीलाई दुई सय २१ बनाउने निर्णय पहिले नै भइसकेको हो । त्यसलाई पनि बढाउने गरी हामीले खाका तयार गरिरहेका छौं । संख्या यति नै भन्ने टुंगो भएको छैन । ठूलो संख्यामा बढ्ने गरी तयारी भइरहेको आजको राजधानी दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here