काठमाडौं – राजधानीको नक्सालमा एक व्यक्तिमा कोरोना संक्रमणको आशंकामा निवासमा आवतजावत गर्ने सडक नै बन्द गरिएको छ।
प्रहरी प्रधान कार्यालयनजिकै रहेको स्थानमा जबर्जस्ती सडक बन्द गरिएपछि स्थानीयको आवतजावतमा बाधा उत्पन्न भएको छ। एक व्यक्तिका लागि एकतर्फी रूपमा सडकमा प्रहरी नै राखेर हिँडडुलमै बाधा उत्पन्न गरेपछि मानवअधिकारको प्रश्नसमेत उठेको आजको अन्नपूर्ण पोष्ट्मा खवर छ ।


















