थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो

90

काठमाडौं-नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी जना संक्रमित थपिएका हुन्। उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए।

कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here