रुखबाट लडेर  मृत्यु

440
सामुदायिक वनमा घाँस काट्ने क्रममा पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं १३ निवासी १५ वर्षीय सरोज विक रहेका छन् ।

प्रहरीका अनुसार घाँस काट्न जाँदा विक बाटुली पोखरी सामुदायिक वनमा रुखबाट लडेका थिए ।

रुखबाट लडेर घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज अपराह्न ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here