सहभागीता नम्बर २ अनुराधा शर्मा ।

241
गजल १
काेराेनाकाे कहर,,,,,, संसारमा
छ मृत्युको गाउँ शहर संसारमा
लड्दै लड्दै राेग संग हिम्मतले
सबकाे जिउने रहर संसारमा
जिन्दगीकाे लडाइ,,,, मृत्युु संग
हार जितकाे ,,,,,,,,लहर संसारमा
शाेकले ब्याकुल छन् मान्छेहरु
बग्छ अाँसुकाे,,,,,,नहर संसारमा

मानसपटलमा ,,,,,,,,,,,,,,,हरेककाे
छ सन्त्रासकाे जहर,,,,संसारमा।
गजल २
बहर मुतकारिब मुसम्मन सालिम
सुगन्धी जुही भै,,,बसाएँ तिमी सङ्
झुकाएर अाँखा,लजाएँ तिमी सङ्
तिमी नै त माया,,,,,,,बसेकाे रमाई
सजाए छु लाली,,भराएँ तिमी सङ्
मिठाे प्यार तिम्रो ,,,,,,,सजाएर प्रीति
लुकाएर तृष्णा ,,,जगाएँ तिमी सङ्
छ मुस्कान तिम्रो ,,,,,मिठासै भरेकाे
फुकाएर हाँसाे,,,,रमाएँ तिमी सङ्
न छुट्ने भनेरै ,,,,,,,,,,,समाएर हातै
गराएर बाचा ,,,,,,, बधाएँ तिमी सङ्
अनुराधा शर्मा
काठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here