काठमाडौं – कोरोना संक्रमितकाे उपचारका लागि बर्दियामा आइसोलेशन सेण्टर तयार गरिएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा सबै सुविधासहितको २६ शय्याको सेण्टर तयार गरिएको हो ।
यहाँका कोरोना संक्रमितलाई दाङको अस्पतालमा लैजान समस्या भएपछि यहीँको अस्पतालमा आइसोलेशन वार्ड तयार गरिएको प्रमुख थारुले बताएका छन् । अहिलेसम्म नगरपालिकामध्ये गुलरियामा चार, राजापुर र बाँसगढीमा एकएक तथा बढैयाताल गाउँपालिकामा एक गरी सात जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस


















