काठमाडौं- जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको ‘मेरो कविता र म’ विश्वब्यापि कवि सम्मेलन गत साता सम्पन्न भयो । विश्वव्यापी रुपमा प्रशारण भएको सो कार्यक्रममा ६० भन्दा बढी सर्जकको उत्साहजनक सहभागिता थियो । साहित्यका विभिन्न विधामा अनवरत कलम चलाउने साहित्यकारहरुको कार्यक्रममा सहभागी थिए ।
उक्त सम्मेलनमा नेपालभित्रबाट इन्द्र कुमार श्रेष्ठ ‘सरित'( सुनसरी ) रामेस्वर राउत ‘मातृदास’, राजनप्रसाद न्यौपाने ‘श्रीयम’ र शान्ति शर्मा (काठमाडौं) चूडामणि नेपाल ‘अकिन्चन’ र दिनेशराज सुबेदी ‘दिङ्लाली कान्छो’ (बिराटनगर) बाबुराम नेउपाने (झापा), चेतनाथ धमला (ओखलढुंगा), ललिता दोषी (ललितपुर), सरस्वती गौतम समृद्धि (मोरंग) सुशिला ढकाल अधिकारी “श्री” (गोरखा) अतिथि कविको रुपमा सहभागी थिए ।
त्यसैगरी विदेशी भूमिबाट लक्ष्मी उप्रेती चेन्नई (भारत) र मनप्रसाद सुब्बा दार्जिलिङ (भारत) कवि पारखी (जापान), बुना दाहाल (सिएट्ल अमेरिका), राजन ढकाल म्यन्मार (बर्मा ) सहभागी थिए । नेपाली भाषा साहित्यका क्षेत्रमा क्रियाशिल यस्ता (१५ )पन्ध्र जना अतिथि कविहरुको उपस्थिति रहेको उक्त सम्मेलन अन्य सहभागी युवा सर्जकहरुको लागि र समग्र साहित्य अनुरागीहरुको लागि यो कार्यक्रम प्रेरक बनेको सहभागी एक कविको प्रतिक्रिया थियो ।
कोरोना भाइरसको महामारी र लकडाउनले सबैलाई अनुत्पादक र निष्क्रिय बनाएको बेला युवाहरूलाई सशक्त पार्ने लक्ष्य राखेर डिजिटल मञ्चको माध्यमबाट उनीहरूको आवाज फैलाउन, स्थापित कवि र युवा शसक्त कविहरूलाई एउटै मन्चमा उभियाएर पुस्ता मिलान गराउन र साहित्यिक अन्तर्किया गराएर सहज वातावरण सिर्जना गर्न गरिएको यस कार्यक्रममा सहजकर्ताको भूमिका कवि इन्द्रकुमार श्रेष्ठ ‘सरित’ ले गरेका थिए । उक्त कार्यक्रम दिलाशासिंह ठकुरीको रोमान्चित शैलीको उद्घोषणमा सचालन भएको थियो।
संभवत नेपालमै पहिलो पटक डिजिटल प्लेटफर्म मार्फत संचालन गरिएको यस विश्वब्यापि कविता सम्मेलन २०७७ फरक सोचका साथ साहित्यमा समृद्धि र परिवर्तनका लागि आयोजना गरिएको र संसारभर फैलिएको महामारी, लकडाउनको घडीमा स्रस्टाका आवाजलाई गुन्जायमान बनाई सकारात्मक संदेश फैलाउन यस कार्यक्रमले उल्लेख्य सेवा र सहयोग पुर्याउन सक्ने लक्ष्य राखिएको कार्यक्रम आयोजकका तर्फबाट संयोजक दिपेन दाहालले भने ।

‘लेट्स बी युनाइटेड एन्ड लेट्स अदर लिसन युअर भ्वाइस’ प्रमुख नारा रहेको यस कार्यक्रममा देश बिदेशमा छरिएका सम्पूर्ण युवा साहित्यकारहरुलाई संयोजन गरिएको र आगामी दिनमा यसरी नै ऐक्यबदद्ता जनाउने उनले जनाए ।
जेभियर इन्टरनेशनल कलेजद्वारा प्रस्तुत यो कार्यक्रम “म र मेरो कविता” विश्वब्यापि कविता सम्मेलनमा गुडफेलोज : वेभिंग स्टोरी अफ सोसाइटीले सहकार्य गरेको थियो भने कार्यक्रमको आयोजना जेभियर युथ रेडक्रस सर्कल, जेभियर लिट्टेचर क्लब, जेभियर स्काउट क्लब, म्यानेजमेन्ट क्लबले गरेका थिए । सम्बन्धित सङ्गठन: एसएमटी ग्लाबल रहेको थियो । सो कार्यक्रममा अन्तर्राष्ट्रिय साथ डाइनामिक बुनाको रहेको थियो । साथै प्रचारप्रसार तथा समाचार सम्प्रेषण फायरउड डेली, राजधानी डेली, कोशी आवाज र दन्तकाली एफएमबाट भएको थियो। कार्यक्रम सफल पार्न युवा साथ सिएफल र शिक्षा पोर्टलको रुपमा मेरो स्पार्क रहेका थिए।


















