विरेन्द्र शाक्य
कीर्तिपुर
उनै सूर्यबहादुर तामाङ उर्फ “सुर्जबहादुर”काे नाममा
जाे ढल्नुअघि, दुनियांका भारीबाट कहिल्यै गलेनन्,
जाे ढल्नुअघि, विनाभारी उनका पाइला कतै सरेनन्
जाे ढल्नुअघि, मन्द हाँसाेका बदला कहिल्यै राेएनन्,
उनै सूर्यबहादुर तामाङ उर्फ “सुर्जबहादुर”
जाे ढल्नुअघि, कहिल्यै मिडियाका नजरमा परेनन्,
जाे ढल्नुअघि, कहिल्यै परिवारका प्राथमिकतामा परेनन्,
सब कीर्तिपुरेका प्यारा “सुर्जबहादुर” जब ढले सडकमा,
जाे ढल्नुअघि, प्याराजनलाई अलविदा पनि भन्न सकेनन् !
उनै सूर्यबहादुर तामाङ उर्फ “सुर्जबहादुर” जब ढले,
देह भारी बिसाई जब अस्ताए सूर्य, तब उदाउनै सकेनन् ।


















