काठमाडाैं – दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेनसमा रहेका एक व्यक्तिमा डेंगी रोग देखा परेको छ। जिल्लाको बबई गाउँपालिका वडा नं .६ का ३० वर्षीय कोरोना संक्रमित एक पुरुषमा आइतबार जाँच गर्दा डेंगी भेटिएको छ । निजलाई ज्वरो आउने समस्या देखिएपछि रगत जाँच गर्दा डेंगी देखिएको हो । अहिले उन्को अवस्था सामान्य छ र सोही अनुसार उपचार भइरहेको छ। यो वर्ष जिल्लामा डेंगी फेला परेको उनी नै पहिलो व्यक्ति हुन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती व्यक्तिमा जेठ १६ गते कोरोना भाइरस पुष्टि भएपछि बेलझुण्डी अस्पताल ल्याइएको थियो।


















