काठमाडौं – एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र अर्थतन्त्रमा पर्ने असर न्यूनीकरणका लागि नेपाललाई बजेट सहायता उपलब्ध गराएको छ ।
सम्झौता अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा भएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले यो तत्काल खर्च गर्न सकिने बजेट सहायता भएको जनाउँदै एउटै संस्थाले छोटो अवधिमा यति ठूलो रकम सहयोग गरेको पहिलोपटक भएको बताएका छन् । विनियोजन विधेयकका सम्बन्धमा प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले विश्व बैङ्क, युरोपेली लगानी बैङ्कलगायतबाट थप सहयोगको प्रतिबद्धता आएको पनि जनाएका छन् ।