नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४६१४ पुग्याे

111

काठमाडौं- नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २५० जनामा संक्रमण देखिएको हो।

आज थपिएका २५० सहित नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका हुन्।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here