डिजीपे लकडाउन्स गट ट्यालेन्ट सुरु 

230

काठमाडाैं – एक साता भनिएको लकडाउन लम्बिएर तीन महिना पुग्ग्न लागेको समयमा स्टेट एट मिडिया तथा डिजीपेले ‘डिजीपे लकडाउन्स गट ट्यालेन्ट’ कार्यक्रम सुरु गर्ने भएको छ। जसमा प्रतियोगीहरुले नृत्य अभिनय, गायन, संगीत, टिकटक, जादुगरी, पाककला, कवितालयायतको भिडियो बनाएर आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्छन्। 

अनलाइनमार्फत सञ्चालित हुने उक्त कार्यक्रम असार १ बाट पहिलो चरणको भोटिङ र दोस्रो चरणको भिडियो आवेदन सुरु गरिएको छ। आयोजकले यस कार्यक्रमलाई सम्भवत नेपालकै नौलो कार्यक्रम रहेको दाबी गरेको छ। चार राउण्ड सम्म चल्ने यस यस प्रतियोगितामा एक राउण्डबाट १०–१० जना गरी ४० प्रतिश्पर्धी छनोट हुनेछन्।  १० जना भने वाइल्ड कार्डबाट छनोट भइ ५० जनालाई  मस्ट पपुलर प्रतियोगिमा घोषणा गरिनेछ।

नि:शुल्क आवेदन दिन सकिने यस कार्यक्रममा बालबालिका तथा युवा, वृद्ध सबैले सहभागिता जनाउन पाउनेछन्। ‘लकडाउनको समयमा थोरै भएपनि सबैलाई माइण्ड फ्रेस गराउन र रमाइलोको लागि कार्यक्रम आयोजना गरिएको  कार्यक्रमका मुख्य प्रायोजक तथा सह आयोजक डिजीपेका कार्यकारी निर्देशक दिवाकर पाण्डे बताउँछन्।

पाण्डेका अनुसार यो नौलो प्रतियोगिता हो, जसमा कुनै निर्णायक हुने छैनन। सामाजिक सञ्जालमा भएको लाइक र कमेन्टको आधारमा प्रतियोगीलाई विजेता घोषित गरिनेछ।

यसै गरी ५० जना प्रतिश्पर्धीलाई प्रत्येकको डिजीपे खातामा तत्कालै १–१ हजार रुपैयाँ नगद जम्मा गरिने छ। साथमा नेटम्याक्सका तर्फबाट ३ महिना सम्म निःशुल्क इन्टरनेट र गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ। करिब दुई महिनासम्म सञ्चालन हुने यो प्रतियोगिताको प्रथम बिजेतालाई ५० हजार रुपैयाँ प्रदान गरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here