एमसीसी खारेज गर्न माग राख्दै संघर्षको घोषणा

233

काठमाडौं  – हिजाे एमसीसी  खारेज अभियानका उपलब्ध साथीहरु र एमसीसी विरुद्ध संघर्षरत अन्य विभिन्न राजनीतिक र सामाजिक-सांस्कृतिक संघसंस्था र व्यक्ति-व्यक्तित्वहरुको उपस्थितिमा भएको संयुक्त बैठकले वरिष्ठ वामपन्थी विद्वान व्यक्तित्व स्वनाम साथीको संयोजकत्वमा एमसीसी विरुद्ध संयुक्त संघर्ष समिती गठन गरेको छ  ।

 बैठकले राष्ट्रघाती एमसीसी  खारेजको लागि देस बिदेसका एमसीसी विरोधी शक्ति-व्यक्ती र संघसंस्थाहरु र तिनले गरेका संघर्षहरुलाई संयोजन गरि एकीकृत र केन्द्रीकृत संघर्ष गर्ने बताउँदै संघर्षका विभिन्न नीति, कार्यक्रम र नाराहरु समेत घोषणा गरेको छ ! जो यसप्रकार रहेका छन् :
क.) नीतिहरु :-
१. घातक एमसीसी विरोधी सबै राजनीतिक वा सामाजिक शक्ति, व्यक्ती वा व्यक्तित्व, संघसंस्था, मंचमोर्चा र अभियान-प्रतिष्ठान आदि र तिनले गरिरहेका सबै संघर्षहरुसंग संयोजित, संयुक्त र एकताबद्ध भएर एकीकृत र केन्द्रीकृत संघर्ष गर्ने नीति लिने ।
२. उपरोक्त नीति अनुरुप सकेसम्म एक मोर्चा एउटै निसाना बनाएर, नभए पनि अनेक मोर्चा एउटै निसाना बनाएर संघर्ष एकीकृत गरी प्रहार केन्द्रित गर्ने ।
३. उक्त संयुक्त संघर्ष समितिमा आबद्ध भएका वा नभएका शक्ति वा संस्थाहरुले आजभन्दा पहिले घोषणा गरेका एमसीसी विरुद्धका संघर्षहरुमा संघर्ष समितिको समर्थन, सहयोग र  सहभागिता समेत रहने र उनीहरुबाट पनि यसैगरी आफ्नो कार्यक्रमलाई सहयोग-सद्भाव जुटाउने !
४. एमसीसी खारेज नहुँदासम्म संघर्षलाई निरन्तरता दिई निर्णायक बनाएर निष्कर्षमा पुराउने आदि !
ख.) कार्यक्रमहरु :-
१. २०७७/३/८ देखि हाललाई ३/१६ सम्म साँझ ८ बजे १० मिनेट बत्ती निभाएर (Black out गरेर ) एमसीसीको विरोध जनाउने !
२. २०७७/३/८ मा अपरान्ह ४ देखि ५ बजेसम्म १ घण्टा न्युरोड सालिक चोकमा एमसीसी विरोधी शक्ति र संघसंस्थाहरुले आआफ्ना झण्डा-व्यानर प्रदर्सन गरि एमसीसी को विरोध गर्ने !
३. नेकपा (नेकपा) स्थायी समिती सदस्यहरुलाई यही असार १० गते हुने उहाँहरुको बैठक अघि नै उहाँहरुलाई यही दस गतेभित्र एमसीसी अघि नबढाउन अनुरोध गर्ने  र त्यसपछी आवश्यक परे सबै दलका संघीय संसदका सांसदहरुलाई sms, फोन, इमेल आदि गरि एमसीसी कुनै हालतमा पास नगर्न खबर्दारी गर्ने !
४. व्यक्तिगत र संस्थागत रुपले सबैले मिडिया र सामाजिक सन्जाल उपयोग गरि विरोध कार्यक्रमहरु भव्य र व्यापक गर्ने !
५. ११ दलहरुसङ्ग मिलेर सभामुखलाई ज्ञापनपत्र दिने !
६. २०७७/३/०९ मा ११ दलले काठमाडौमा गर्ने विरोध प्रदर्शनमा सहयोग गर्ने र सहभागी हुने ! तथा यसै दिन मोफसलहरुमा पनि विभिन्न विरोधका कार्यक्रमहरु गरी तिनमा कम्तीमा एक लाख मानिसहरुको सहभागिता गराउने ।
७. विभिन्न प्रकारका विरोधका कार्यक्रमहरु गर्न देस-विदेस सबैतिर अनुरोध गर्ने !
८. नागरिक आवाज, संपदा संरक्षण  लगायतका संघसंस्थाहरुले एमसीसी विरुद्ध संचालन गरेको उपत्यका पदयात्रा कार्यक्रहरुलाई समर्थन गर्दै सोको समापन स्वरुप २०७७/३/१२ मा काठमाडौको बसन्तपुरमा आयोजित एमसीसी विरोधी सभाको कार्यक्रमलाई भव्यरुपमा सफल पार्ने !
९. उपरोक्त कार्यक्रम लगायतका  बैठक, भेला र संघर्षका अन्य सबै कार्यक्रमहरुमा सत्तासीन नेकपाका एमसीसी विरोधी नेताहरुलाई आमन्त्रण गरी सहभागी बनाउन जोड गर्ने !
ग) नाराहरु :-
१. एमसीसी सम्झौता – खारेज गर !
    राष्ट्रिय स्वाधीनताको – रक्षा गर !!
२. एमसीसी सहयोग चाहिंदैन !
     देस बेच्न पाइँदैन !!
३. जनता होऔं होशियार !
    नेतालाई गरौं खबर्दार !!
४. भन्नोस् एमसीसी के के हो ?
    आई.पी.एस.को अङ्ग हो !
५. भन्नोस् आई.पी.एस. के के हो ?
     साम्राज्यवादी गठबन्धन हो !
६. एमसीसी एउटा जाल हो !
    नेपाल खाने चाल हो !!
७. एमसीसी संशोधन धोका हो !
    द्वन्द्व छिर्ने ढोका हो !!
 ८. असंलग्न नेपाललाई –
    सैन्य गठबन्धन चाहिंदैन !
    पन्चशीलको सिद्धान्त –
    मासी खान पाइँदैन !!
९. इन्डो-अमेरिकी गठबन्धन –
       मुर्दावाद-मुर्दावाद !
१०. नेपाली राष्ट्रिय स्वाभिमान –
  जिन्दावाद! जिन्दावाद !!
११. संयुक्त आन्दोलन जिन्दावाद-
       जिन्दावाद ! जिन्दावाद !!
१२. संयुक्त संघर्ष समिती जिन्दावाद-
जिन्दावाद ! जिन्दावाद !!
 संयुक्त संघर्ष समितिमा विभिन्न सामाजिक-सांस्कृतिक संघसंस्थाहरु, नेकपाका विभिन्न घटकहरु, विभिन्न देसभक्त मिडियाहरु, विदेस स्थित विभिन्न नेपाली संघ-संगठनहरु र तिनका प्रतिनिधिहरुको आबद्धता रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here