संसारभर कोरोना संक्रमितको संख्या ९० लाख नाघ्याे

18

काठमाडाैं –  विश्वभर कोरोना भाइरस संक्रमित व्यक्तिहरुको संख्या ९० लाख नाघेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस श्रोत केन्द्रका अनुसार विश्वभर कोरोना संक्रमित भएका मानिसहरुको संख्या ९० लाख ७९ हजार भन्दा धेरै पुगेको हो ।

अहिलेसम्म कोरोना महामारीका कारण चार लाख ७१ हजार भन्दा धेरै मानिसहरुको मृत्यु भएको छ ।

अमेरिका कोरोनाले सबैभन्दा धेरै प्रभावित देश हो । अमेरिकामा २३ लाख ११ हजार भन्दा धेरै संक्रमित छन् भने एक लाख २० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

ब्राजिलमा ११ लाख ६ हजार भन्दा धेरै संक्रमित छन् भने त्यहाँ ५१ हजार भन्दा धेरैको मृत्यु भएको छ । रुसमा पाँच लाख ९१ हजार संक्रमित हुँदा ८ हजार मानिसको मृत्यु भएको छ ।

संक्रमित व्यक्तिको संख्याका आधारमा नेपालको छिमेकी मुलुक भारत चौथौ नम्बरमा छ । भारतमा चार लाख २५ हजार भन्दा धेरै संक्रमित पुगेका छन् भने अहिलेसम्म १३ हजार ६ सय भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ ।

बेलायतमा तीन लाख ६ हजार व्यक्ति संक्रमित भएका छन् भने ४२ हजार ७ सय भन्दा धेरैको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here