आईपीओ निष्काशन गर्न अजोड इन्स्योरेन्सलाई बोर्डको अनुमति

225

काठमाडौं – अजोड इन्स्योरेन्सलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न असार ७ गते अनुमति दिएको हो ।

आईपीओ निष्काशनपछि इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब रुपैयाँ पुग्नेछ। इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ भने प्रत्याभुतकर्ता ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटलले रहेका छन्।

इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ।

गत पुस ११ गते सम्पन्न कम्पनीको दोस्रो बार्षिक साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो। मेरो लगानीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here