काेभिड १९ काे खोप आउन साढे दुई बर्ष लाग्ने : डब्ल्युएचओ

163

एजेन्सी – विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भनेको छ, अहिले सम्म जसले जे दावी गरेको भएपनि त्यसतो कुनै खोप बनेको छैन, जसलाई कोरोना भाइरस खोप नाम दिन सकोस ।

कोरोना भाइरसको कहरसँग लडिरहेको विश्वलाई बचाउन वैज्ञानिकहरु दिन रात यो विश्व महामारी विरुद्धको खोप बनाउन जुटिरहेका छन् । कयौं देशका वैज्ञानिकहरुले कोरोना भाइरसको खोप बनाएको दावी पनि गरिरहेका छन् ।
यसबीच दुबईमा आयोजित विश्व सरकार सम्मेलनमा डब्ल्युएचओका विशेष दुत डाक्टर डेविड नाबारोले विश्वमा सबैलाई खोप पुर्याउन साढे दुई बर्ष लाग्न सक्ने जनाएका छन् ।

यदि यो बर्षको अन्त्यसम्ममा खोप आउँछ भने पनि सुरक्षा र प्रभाव जाँच्न केही समय लाग्ने बेलायतका चिकित्सकहरुले बताएका छन् । त्यसपछि मात्र सबैका लागि खोप पुर्याउन ठुलो परिमाणमा यसको उत्पादन गर्ने प्रयास र खोप अभियान कार्यक्रम आयोजना गर्नु पर्ने हुन्छ ।

उनले भने – मलाई खुसी हुनेछ , यदि म गलत सावित भएँ भने ।
यसबीच संयुक्त राष्ट्र् एड्स एजेन्सीले कोरोना महामारीले गर्दा विकासशील देशमा एड्सको औषधी आपुर्तिमा अवरोध आउन सक्ने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारी रोक्न लागु गरिएका लकडाउन र सीमा बन्द गर्ने फैसलाले औषधीको उत्पादन र वितरण दुबै प्रभावित भइरहेको छ, जसले आगामी दुई महिनामा औषधीको मुल्य बृद्धी र कमी दुबै समस्या आउन सक्ने एजेन्सीले जनाएको छ ।

डेक्सामेथासोनलाई लिएर डब्ल्युएचओको चेतावनी
डक्सामेथासोनलाई लिएर विश्व स्वास्थ्य संगठन प्रमुखले यसको उपयो क्लिनिकल निगरानीमा मात्र कोरोना भाइरसका गम्भिर रोगीमाथि गर्न पर्ने बताएको छ । यो औषधीले सामान्य रोगीलाई कोरोना भाइरस मुक्त गर्न सक्छ भन्ने कुनै प्रमाण नभएको उनले बताए । अझ यसले नोक्सान पुर्याउन सक्ने समेत उनले चेतावनी दिए ।

ए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here