आजको बैठकमा सुरुमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले समग्र परिस्थितिका बारेमा धारणा राखेका थिए ।
त्यस्तै अर्का अध्यक्ष प्रचण्डले पनि वर्तमान परिस्थितिमा सरकार, पार्टी र समग्र परिस्थित र आदर्शलाई केन्द्रविन्दुमा राखेर छलफल गर्न र निष्कर्ष निकाल्नुपर्ने जनाएका थिए । उनले त्यसक्रममा भएका कमजोरीको पनि समीक्षा गर्न तयार हुनुपर्ने धारणा राखेका थिए ।
बैठकमा प्रस्तावित कार्यसूचीहरु महासचिव विष्णु पौडेलले अध्यक्षद्वयका तर्फबाट प्रस्तावित गरेका थिए । ती कार्यसूचीमाथि स्थायी कमिटी सदस्यहरुले थप सुझावका रुपमा राखेका थिए ।
त्यसपछि बैठकका एजेण्डा थप गर्दै सातवटा पारिएको थियो । बैठकको कार्यसूचीमा प्रारम्भवमा अध्यक्षहरुले मन्तव्य राख्ने, दोस्रो कोभिड १९ रोकथाम, सरकारका काम, पार्टी एकता तथा एमसीसी सातौंमा विविध विषय गरी कार्यसूची समेटिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
थपिएका कार्यसूचीमा नगरिकता विधेयकबारे पनि छलफल गर्नुपर्छ भनेर प्रस्ताव गरेपछि कार्यसूची थपिएको थियो । त्यस्तै कोभिड–१९ महामारीका बेला संघीय सांसद प्रदेश सासदहरुले भत्ता नलिन अन्य दलसँग छलफल गर्ने भएको छ ।
त्यसपछि पछि प्रत्येक ३ महिनामा बस्नुपर्ने स्थायी समिति बैठक गत पुष महिनायता बस्न सकेको थिएन । त्यसयता मुलुलकमा महत्वपूर्ण घटनाक्रम भएपनि नेकपाले पार्टी कमिटीमा छलफल गर्न सकेको थिएन । जसले गर्दा नेकपामा असन्तुष्टि बढ्दै गएको थियो ।
पार्टीमा निकै विवादित बनेको विषय अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसदवाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेताहरुबीच सहमति हुन सकेको छैन ।
पार्टीका बहुमत नेताहरु एमसीसीसँगको सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने पक्षमा छन् ।