स्टारमा मृत्यु भएका व्यक्तिमा कोरोना : मृतकको संख्या २९ पुग्यो

173

काठमाडौं -ललितपुरको स्टार अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। रौतहटका २९ वर्षीय पुरुष शनिबार राति उपचारको क्रममा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।

उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो। उनको मृत्यु शनिबार राति भएपनि पिसिआर परीक्षणको रिपोर्ट सोमबार बिहान आएको कार्यालयका प्रमुख खगेश्वर गेलालले बताए।

उनको मृत्यु भएपनि शनिबार राति नै स्वाब संकलन गरिएको थियो।

उनको हाल शव व्यवस्थापन गर्ने कार्य भइरहेको प्रमुख गेलाले जानकारी दिए। उनको कन्ट्याक ट्रेसिङ गरिने उनले बताएका छन्।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here