उपत्यकामा १४ जनासहित थप ३१६ जनामा कोरोना संक्रमित पुग्याे

83

काठमाडौं – काठमाडौं उपत्यकामा १४ जनासहित नेपालमा थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसंगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पु्गेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकाका १४ सहित थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको र योसँगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पु्गेको जानकारी दिएका हुन् ।

नयाँ संक्रमितमा ७१ महिला र २४५ रहेका छन् भने यसैबीच बितेको २४ घण्टामा थप ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना रहेका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here