सामयिक छ बिश्वका कम्युनिष्ट तथा वर्कर पार्टीहरुको साझा निष्कर्श

123

-लोकनारायण सुबेदी

आजभन्दा ७ बर्ष अघि २०१३ को नोभेम्बर ८ देखि १० सम्म बिश्वका क्म्युनिष्ट तथा वर्कर पार्टीहरुको १५औं अन्तर्राष्ट्रिय बैठक पुर्तगालको राजधानी लिस्वनमा सम्पन्न भएको थियो । त्यस बैठकमा बिशद छलफल गरिएका महत्वपूर्ण र सान्दर्भिक बिषय बस्तुहरुमा पूँजीवादको गहिरिदो संकट, श्रमजीवी बर्ग र कम्युनिष्टहरुको भूमिका, श्रमजीवी बर्ग तथा जनताका अधिकारहरुका निम्तिको संघर्षका बिभिन्न कदमहरु, साम्राज्यवादको आक्रमण र अन्तर्राष्ट्रिय शक्तिहरुको पुर्नसंयोजन, राष्ट्रिय प्रश्न, तथा बर्गीय मुक्ति र समाजवादका लागि संघर्ष जस्ता बर्तमान बिश्वका अत्यन्तै महत्वका अन्तर्राष्ट्रिय  बिषहरु थिए । बिश्वका ६१ देशका ७७ पार्टीहरु सहभागी भएको त्यस बैठकमा बिभिन्न कारणले सहभागी हुन नसकेका थप १४ पार्टीहरुले शुभ कामना पठाएर त्यो महत्वपूर्ण बैठकको सफलताको कामना गर्दै ऐक्यविद्धता जनाएका थिए । बैठकले अरु पनि महत्वपूर्ण बिषयमा छलफल गर्नुकासाथै पूँजीवादको अझ गहिरिदो संकट र बिश्व स्तरका शक्तिहरुको जटील पुनसंयोजनका कारणले उत्पन्न हुने साम्राज्यवादी आक्रमणका बारेमा निकै गम्भीरतापूर्वक र गहन बिश्लेषण गरेको थियो ।

यसका अतिरिक्त त्यो संयुक्त बिश्व बैठकले बिश्वका श्रमजीवी जनताले चलाइरहेको प्रतिरोध र संघर्षलाई उच्च सम्मानकासाथ सलाम ग¥यो, मुक्ति आन्दोलनको बर्तमान अबस्थाको वास्तविकताालई ठम्यायो र एकाधिकार र साम्राज्यवाद बिरोधी बर्तमान आन्दोलनको दिशामा आएको ब्यापक परिवर्तन र त्यसले समाजवादी आन्दोलनलाई पुग्ने योगदानको बारेमा पनि चर्चा गरिएको थियो ।

बैठकले लेमन बद्रर्सको कंगालीकरणसँगै २००८  उत्पन्न बिस्फोटक स्थितिबाट उत्पन्न संकटका बारेमा उल्लेख गर्दै त्यसको प्रकृति र प्रबृत्तिले त्यो संकट पूँजीवादीहरुले भन्ने गरेजस्तो टर्दै र समाधान हुदै गएको नभई कम्युनिष्टहरुले भने जस्तो अति उत्पादन र पूँजीको अति केन्द्रिकणको संकटकै पुष्टी गरेको औंंल्यायो । यो संकटले वास्तवमा पूजीवादी अन्तरबिरोध अझ चर्केको र त्यो पूँजीवाद भित्रको उत्पादनको समाजिकीकरणको चरित्र र पूजीको अति केन्द्रिकणको तीब्र अन्तरबिरोधलाई नै दर्शाएको प्रष्ट पारेको थियो । यसले पूँजीवादको ऐतिहासि सीमितता र पूँजीवादबाट समाजवादको बिकल्पमा जाने संघर्षको सामयकि बिकल्प अथ्र्याएको थियो ।

त्यस बेठकले मूख्य साम्राज्यवादी शक्तिहरुको ठूलो पूँजी र तिनको अन्तर्राष्ट्रिय र केन्द्रित राष्ट्रइतर संरचनाको सम्यताको बिकासले दिएका सामाजिक , आर्थिक र श्रमिक अधिकारहरुमाथिको हस्तक्षेपकारी कटौति गरेर जनताको जीवन यापन र जीवनस्तरमा पारिरहेको गम्भीर संकट यसरी जनता र राष्ट्रको स्वाधीनता र स्वतन्त्रतामाथि गरिदै गरेको युद्धको घोषणाको भत्र्सना गरेको छ । यो बैठकले खाशगरी पूँजीवादका यस्ता कदमले बिकासशील देशहरुका बहुसंख्यक जन साधारणमाथि थोपर्दै लगेका गलत कदमहरुको उल्लेख गर्दै तिनका आर्थिक सामाजिक अधिकार कटौति गरिएको कुरालाई बिशेष उल्लेख गरेको थियो ।

त्यस संयुक्त बैठकले मूख्य साम्राज्यवादी शक्तिहरु र नाटोको बढ्दो सैनिकीकरण, युद्ध पिपासा र अरु देशहरुको सार्वभौमिकता र अखण्डतामाथिको बढ्दो हस्तक्षेपको बिशेष उल्लेख गर्दै यसले दमनकारी शक्तिहरु संगठित हुदै र आक्रमणलाई बढाउदै लगेको र त्यसबाट पूँजीवादमा आएको संकटलाई अर्कोतिर मोड्ने असफल प्रयास गरिरहेको यथार्थ औंल्याएको छ र यस क्रममा बिकासशील र अल्पबिकसित देशहरुका श्रोत साधनलाई एक वा अर्को किसिमले नियन्त्रण गर्ने बाटो लिएको दर्शाएको छ। यस स्थितिले गर्दा सामाजिक र जन क्रान्ति बिश्वब्यापीरुपमा पूनः टड्कारो बन्दै जाने प्रष्ट पारेको थियो  ।

साम्राज्यवादी प्रभाव, दबाव र हस्तक्षेपका यस्ता घटना बिरुद्ध चलिरहेका र बिकसित हुदै गएका बिश्वभरीका आन्दोलनहरुप्रति ऐक्यबद्धता जनाउदै सहभागी हरुले शान्ति,सामाजिक समृद्धि, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथिको दख्खल हस्तक्षेपको जोडदार बिरोध जनाउनकासाथै पूँजीवादको यो चौतर्फी बर्बरताका बिकल्प फेरिन बैज्ञानिक समाजवाद नै हो भन्ने कुरा औंल्याए थिए । यस क्रममा उनीहरुले पूजीवादी एकातिधार, शोषण र जनबिरोधी बर्बरताका बिरुद्ध बिश्वभरीका श्रमजीवी जनता तिनका सहयोगी सबै तह र तप्काका मित्रशक्तिहरुको मोर्चा र एकतामा आवश्यकता अझ बढ्न गएको औल्याउदै उनीहरुका श्रमजीवी जानताका सबै तह र तप्का हक हित खाशगरी रोजगारी, श्रम तथा सामाजिक अधिकार तथा राज्यहरुको सामाजिक भूमिकाका पक्षमा सर्बाधिक जोड दिएका थिए ।

सहभागी सबैले त्यस बैठकमा मूलतः साम्राज्यवादी दख्खल हस्तक्षेपका बिरुद्ध र खाशगरी मध्यपूर्वका जनताको संघर्षप्रति ऐक्यबद्धता जनाए भने त्यो क्षेत्रमा भइरहेका सबै किसिमका साम्राज्यवाद बिरोधी संघर्ष खाशगरी राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, समाजिक न्याय र राष्ट्रिय एकताका लागिका संघर्ष र बिशेषता इजिप्ट र ट्ूनिशियामा चलेका त्यस्ता संघर्षप्रति उच्च सम्मान प्रकट गरेको छ भने त्यस क्षेत्रमा चलिरहेका पेलेस्टाइनीहरु र सीरियाली जनताको संघर्षप्रति पनि बिशेष ऐक्यबद्धता जनाएको थियो ।

एउटा खाश ढाँचाभित्रका निरन्तरका प्रतिरोध र शक्तिहरुको एकत्रिकरणका अतिरिक्त बिश्वका बिभिन्न क्षेत्रमा साम्राज्यवादी हैकम र हस्तक्षेप बिरोधी क्रान्तिकारी संघर्षहरुको जुन महत्वपूर्ण बिकास हूँदै आएको छ ती संघर्षहरुप्रति पनि बैठकले उच्च मूल्यांकन गर्दै बिश्वभरीका कम्युनिष्ट तथा अरु प्रगतिशील शक्तिहरुको खाशगरी ल्याटिन अमेरिकी जनताको संघर्षहरुप्रति सम्मान प्रकट गरेको छ र ती संघर्षहरुमा बिकसित भएको पारस्परिक सहयोग र ऐक्यवद्धतालाई उल्ल्ेखनीय भन्दै सम्मान जनाएको छ ती प्रेरणादायी छन् भनेको थियो । सहभागीहरुले क्यूवाको प्रतिरोध र यसको समाजवादीकरणका साथै भेनेजुएल र बोलिभियाका जनताको संघर्षलाई पनि सलाम ब्यक्त गरेको थियो ।

त्यो बैठकले लोकतान्त्रिक स्वतन्त्रताका लागिको संघर्षहरु, दक्षिणपन्थीहरुको बढ्दो प्रभाव बिरुद्धको संघर्ष, जातिबाद, धार्मिक कट्टरता र पाखण्ड, तथा कम्युनिष्ट बिरोधी शक्तिहरुका गतिबिधिहरुका बिरुद्धको संघर्षको बिशेष उल्लेख गर्दै तिनलाई सुदृढ र ब्यापक बनाउनु पर्ने आवश्यकता औंल्याएको थियो । यो बैठकले खाशगरी यूरोपेली महाद्विपमा भइरहेका बिभिन्न सरकार र संस्थाहरुका कम्युनिष्ट बिरोधी हरकत, दमन र अभियानहरुको उल्लेख गर्दै तिनका बिरुद्ध कम्युनिष्ट तथा अन्य क्रान्तिकारी जन समुदायको सघर्षप्रति एकताको भावना जाहेर गरेको थियो  ।

बिश्वभरीका प्रगतिशील संघर्षहरुका ठोस अनुभवहरुले साम्राज्यवादको बढ्दो दख्खल हस्तक्षेप र प्रभूत्व तथा जनतामाथि भइरहेका बिभिन्न किसिमका दमन र उत्पीडनका बिरुद्ध संघर्षहरुलाई अघि बढाउन र अझ सुदृढ तुल्याउन तथा यसरी बिश्व एकाधिकारबादी पूँजीवादका बिरद्धको संघर्षलाई अघि बढाउन सकिने निश्कर्श निकालेको छ र वास्तवमा समाजवाद नै पूँजीवादी संकटबाट मुक्तिको सही बिकल्प हो भन्ने कुराको पुनर्पुष्टी गर्दै तर बिगतमा र अहिले पनि समाजवादी सिद्धान्त र ब्यवहारका बारेमा जस्तो किसिमले तोडमोड गरिएका छन्, जस्ता गम्भीर गल्तीहरु दोहो¥याएका छन् र जसरी समाजवादी आन्दोलनलाई शिथिल र दिशाहीन तुल्याउनेृ खालका गतिबिधि भइरहेका छन् तिनबाट उचित शिक्षा लिएर अघि बढ्न सक्दा मात्र समाजबादका मानबीय, बिश्वब्यापी उपलब्धीहरु, समाजवादी प्रणाली र तिनको औचित्यता र आवश्कयताको पुनर्पुष्टी गर्दै अघि बढ्न सकिने आलोचनात्मक सार पनि बैठकले खिचेको छ । बैठकले क्रान्तिको कुनै एउटै मोडेल या नमूना हुँदैन भन्ने उल्लेख गर्दै समाजवादी क्रान्ति, समाजवाद निर्माण र त्यसको ब्यवस्थापनमा जनताको भूमिका नै निर्णायक हुन्छ भन्ने कुरालाई बिशेषरुपमा दोहो¥याएको थियो ।

माथि उल्लिखित निष्कर्शकासाथ बर्तमान अन्तर्राष्ट्रिय स्थितिको परिप्रेक्षमा बिश्वभरीका कम्युनिष्ट तथा श्रमजीवी जन समुदायकासाथै साम्राज्यवाद बिरोधी प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरुको ऐक्यवद्धता पारस्परिक सहयोग नै त्यस्तो शक्ति हो समाजवाद एउटा अजेय बिकल्प हो भन्ने कुरालाई चरितार्थ गर्दछ र गर्न सक्दछ भन्ने निष्कर्श बैठकले निकालेको थियो । यसका लागि निरन्तर बिश्वका बद्लिदा गतिबिधिहरुलाई हेर्ने, केलाउने, परस्पर यस्ता अन्तरक्रिया गर्ने, बिचारहरुको आदान प्रदान गर्ने र क्रान्तिारी गतिबिधिहरुलाई अघि बढाउन हर तरहले लाग्ने बताइएको थियो । यसका लागि बैठकले बिश्व समाजवादी आन्दोलनलाई अघि बढाउन बिभिन्न नीति र बिभिन्न कदमहरुको अबलम्बन गर्ने तिनलाई ब्यवहारमा खरो उतार्ने महत्वपूर्ण निर्णय लिएको थियो । ती निष्कर्शहरु आज पनि उत्तिकै सामयिक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here