प्रम ओलीको अभिव्यक्तिविरूद्व दिल्लीस्थित नेपाली दूतावासमा प्रदर्शन

210

एजेन्सी – प्रधानमन्त्री केपी शर्मा ओलीले भानूभक्त जयन्तीको अवसरमा अयोध्या भारतमा नभई नेपालमा रहेको भन्दै दिएको अभिव्यक्तिले पुन: नेपाल भारतबीच तनाव खडा गरेको देखिन्छ । उनले भारतमा रहेको अयोध्या नेपालमा रहेको र राम नेपालमा जन्मेको समेत बताएका थिए ।

उनले दिएको अभिव्यक्ति प्रति दिल्लीस्थित रहेका नेपाल दूतावास अगाडी नेपाली समूदायले आपत्ती जनाउँदै हिजो (सोमबार बेलूका प्रदर्शन गरेका छन् । उनीहरुले नेपाल भारत सम्बन्ध पौरानिक, एतिहासिक र प्रगाढ रहेको जनाउँदै प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति नदिनु पर्ने भन्दै विरोध प्रर्दशन गरेका थिए । भारतले हरेक परिस्थतीमा नेपालको साथ दिएको र देखाएको सदभावलाई राजनितीक दल र नेताहरुले विर्सेपनि नेपाली जनताले कहिले नबिर्सिने जनाउँदै  विरोध गरेका थिए । साथै चीनले प्रत्येक चोटी नेपाललाई निसाना बनाएकोमा ध्यानाकर्षण गराउन खोजेको उनीहरुको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here