चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन काँग्रेसले मात्र सक्ने बताए । पार्टीका पूर्व महामन्त्री सिंहले काँग्रेसको १४औँ महाधिवेशनले समृद्धिको अभियान पूरा गर्नसक्ने नेतृत्व ल्याउने विश्वास समेत व्यक्त गरे । “फागुन ७ देखि शुरु हुने पार्टीको १४औँ महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ,”–उनले भने ।