तीन जना काेराेना संक्रमित सहित उपत्यकामा ३६९ संक्रमित पुग्याे

76

काठमाडौं – २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ जनामा संक्रमण देखिएको छ। आज शुक्रबार काठमाडौंमा एक जना र भक्तपुरमा २ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो।

योसँगै उपत्यकामा ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा २४६, भक्तपुरमा ४७ र ललितपुरमा ७६ देखिएको छ।

आज देशभर १०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ। साथै २८५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म ११ हजार ५३४ जना व्यक्ति संक्रमणमुक्त भईसकेका छन्। ४० संक्रमितको भने मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here