विप्लवद्वारा ओमप्रकाश पुनको रिहाई माग गर्दै बन्दको घोषणा

192

काठमाडौं – विप्लव नेतृत्वको नेकपाले आफ्नो नेता तथा कार्यकर्ता पक्राउ गरेकोप्रति आक्रोश व्यक्त गर्दै साउन ६ गते सेति-महाकाली बन्दसहित संघर्षका घोषणा सार्वजनिक  गरेको छ ।

पार्टी सचिवालय सदस्य तथा पश्चिम कमान्ड इन्चार्ज धर्मेन्द्र बास्तोलाले आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा सेती महाकाली ब्युरो इन्चार्ज ओम प्रकाश पुनलाई गिरफ्तार गरिएको प्रति स्तब्ध र आक्रोशित तुल्याएको जनाउदै सेती महाकालीका ९ जिल्ला  बन्द  गर्ने घोषणा गरेका हुन् ।

नेकपाले आज एक   प्रेस वक्तव्य जारी गर्दै नेता र कार्यकर्ताहरूको गिरफ्तारी र दमन गर्ने फासिवादी अभियानको निरन्तरतामा आज असार ३१ गते बिहान कैलालीको फूलबारीबाट पार्टीको काममा हिँडिरहेका हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इञ्चार्ज कमरेड ओमप्रकाश पुन मगर र महिलानेत्री पूर्णिमा पुनलाई सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले गिरफ्तार गरेकोप्रति संघर्षका घोषणा सार्वजनिक गरिएको जनाएको छ ।

संघर्षका कार्यक्रम

साउन ३ गते प्रचार प्रसार

साउन ४ गते कोणसभा

साउन ५ गते मशाल जुलुस

साउन ६ गते सेती महाकाली बन्द र साउन ६ गतेदेखि ८ गतेसम्म सरकारी स्वारिसाधन संचालनमा प्रतिबन्ध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here