अवैध लागूऔषध चरेश सहित पक्राउ

171

कैलाली -धनगढी उपमहानगरपालिका-४ बोराडाडीमा होटल गरी बस्ने बैतडी पाटन नगरपालिका घर भएका ४२ वर्षीय गौरी सिंह महरालाई अवैध लागूऔषध चरेश ५४ ग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई होटेलको काउन्टरमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here