रोकी राखेको ट्रकमा आगलागी हुँदा क्षति

263

रुपन्देही –  सैनामैना नगरपालिका-१० फायरलाईनस्थित सडकमा रोकी राखेको लु.२ ख ४६८० नम्बरको ट्रकमा शनिबार राति अचानक आगलागी हुँदा ट्रकको अगाडिको भाग जलेर आंशिक क्षति भएको छ ।

ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको छ ।

ट्रकका चालक र सहचालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here