चाबहिल सडकको दुर्दशा उस्तै

110

काठमाडौं –  राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ । सडकमा सवारीसाधन हिलोमा डुबाउँदै गुडाउनुपर्छ भने सडक पेटीमा यात्रु हिँड्न सक्ने अवस्थासम्म छैन । यो वर्षदेखि समस्याबाट मुक्त हुने आशा निराशामा परिणत भएको छ ।

राजधानीको व्यस्त सडकमध्येको उक्त सडक खण्ड कालोपत्रे भएको एक वर्ष नपुग्दै खाल्डाखुल्डीमा परिणत भएको छ । बन्दाबन्दीको समयमा कालोपत्रे गरिए पनि वर्षासँगै सडक दयनीय अवस्थामा पुगेको छ ।
लामो समयदेखि सडक मर्मत हुन नसक्दा हिउँदमा धूलो र वर्षामा हिलोको समस्या भोग्दै आएका यात्रु र स्थानीयवासीले धूलो र हिलोबाट मुक्ति पाउने आशा गरेका थिए तर वर्षात्सँगै पुनः उही गति दोहोरिएपछि स्थानीय दुखी बनेका छन् ।

बौद्ध निवासी आङ्कामी शेर्पा वर्षौंदेखि बिग्रिएको सडक बन्ने आशा निराशामा परिणत भएको जनाउँछन् ।

व्यवसायी छोटेलाल साहले माघ फागुनमा नै गरिएको कालोपत्रे एक वर्ष टिक्न नसक्दा यस वर्ष पनि विगतकै नियति भोग्नुपरेको गुनासो व्यक्त गरे । उनले भने, ‘‘अहिले सडकमा पाइलैपिच्छे खाल्डाखुल्डी छन्, पानी परिरहेको बेला हिलो छ्यापिने तथा सम्भावित दुर्घटनाका कारण सडकमा मोटरसाइकल वा पैदल हिँड्न समेत समस्या छ ।’’ यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here