कोरोना प्रभावित खेलाडीलाई राहत वितरण

112

काठमाडौं – बाँके जिल्ला फुटबल संघले आफ्ना जिल्लाका कोरोना प्रभावित खेलाडीलाई राहत वितरण गरेको छ । जिल्ला फुटबल संघ बाँकेले महिला र पुरुष गरि ४३ खेलाडीलाई जनही १ हजार ७ सय ७५ रुपैयाँ राहत प्रदान गरेको हो ।

प्रदेश ५ का प्रदेश सांसद ओलम्पियन सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिकाकी उप मेयर उमा थापा मगर, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतले खेलाडीलाई नगद हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here