मानव शरीरकाे महत्वपूर्ण अंग मुटु जोगाउने तरिका

470
Medical Illustrations by Patrick Lynch, generated for multimedia teaching projects by the Yale University School of Medicine, Center for Advanced Instructional Media, 1987-2000.

काठमाडाैं –  मानव शरीरकाे महत्वपूर्ण अंग मध्ये मुटु पनि एक हाे ।  मुटु स्वस्थ राख्न हामीले केही खराब बानी त्याग्नै पर्छ ।

  • अधिक मात्रामा  नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुर्‍याउँछन् र मुटुमा असर गर्ने भएकाेले त्याग्नु पर्छ ।
  •  धुम्रपानकाे लत लागकाे छ भने यथाशिघ्र छाेड्नु पर्छ  जसकाे सेवनले रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ ।
  • धेरै रक्सी पिउँदा उच्च कोलेस्टेरोल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् ।
  • धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ ।
  • शारीरिक काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ, रगत राम्ररी बग्न नपाएर मुटुमा समस्या देखिन्छ ।
  • धेरै खाँदा रक्तनलीमा बोसो जम्छ जसका कारण उच्च रक्तचाप हुन पुग्छ र मुटुरोग निम्त्याउँछ ।
  • राति ढिलासम्म जागै बस्ने, अधुरो निद्रा हुने अवस्थामा पनि तनाव, उच्च रक्तचाप लगायतका समस्या आउँछन् र मुटुलाई बिगार्छन् ।
  • दाँत र गिजाको समस्याले पनि मुटुरोग बढाउने कुरा धेरै अनुसन्धानले पत्ता लगाएका छन् ।
  • निद्रामा घुर्ने मान्छेलाई सास फेर्न समस्या हुनाले मुटुमा दबाब पर्छ र हार्ट अट्याकको सम्भावना बढाउँछ ।
  • जंक फूड तथा चिल्लो खानेकुराले पनि रक्तप्रवाहमा बाधा पुर्‍याएर मुटुमा समस्या ल्याउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here