रकेट आक्रमणमा परी अफगानमा १५ जनाको मृत्यु

11

त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मीका बीचमा गत बिहीबारदेखि व्यापक झडपहरू भएका र राति अबेर मात्र लडाई शान्त भएको उनको भनाइ छ । “अफगानिस्तानको स्पीन बोल्डाक जिल्लामा पाकिस्तानी पक्षले रकेट आक्रमण गरेपछि मात्रै भीडन्त रोकिएको हो, त्यस आक्रमणमा परी १५ सर्वसाधारणको मृत्यु भएको छ भने अरु ७० जना घाइते भएका छन्,” नाम नबताउने शर्तमा एक सैनिकले बताए ।

घाइते भएकामध्ये २८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको कान्दहार प्रान्तको राजधानीमा रहेको मिर्वाइस क्षेत्रीय अस्पतालमा उपचार भइरहेको पनि श्रोतले जनाएको छ । भिडन्तमा परी पाकिस्तान वा अफगानिस्तान कुनै पनि तर्फका सुरक्षाकर्मीहरुको मृत्यु भएको आधिकारिक विवरण अहिलेसम्म प्राप्त भएको छैन ।

श्रोतका अनुसार अहिले उनीहरुले भिडन्त स्थगन गरेपनि कुनैपनि बेला फेरि आक्रमण गर्नेगरी तयारी अवस्थामा रहेको पाइएको छ ।  दुवै तर्फका सुरक्षाकर्मीहरुले घटनास्थल वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मीहरु पठाएको पनि श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here