जुवातास खेल्ने नियन्त्रणमा

279

काठमाडाैं – प्रहरीले उपत्यकाका बिभिन्न ठाउँबाट जुवातास खेल्ने २१ जनालाई ३ लाख ५७ हजार ३ सय ८० रूपैया सहित नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले यही शनिवार १५:०० चक्रपथ नारायणगोपालचोक स्थित एक घरमा जुवातास खेलिरहेको अबस्थामा भक्तपुर बस्ने सिन्धुपाल्चोकका याम बहादुर श्रेष्ठ सहित १२ जनालाई नगद ३ लाख ८ हजार ५ सय रूपैया सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी महानगरीय प्रहरी वृत कालिमाटीले बाफल स्थित एक ग्यारेजमा जुवातास खेलिरहेको अबस्थामा कालिमाटीका दिनेश भट्टचन सहित ३ जनालाई नगद १३ हजार ५० रुपैया सहित नियन्त्रणमा लिएको छ । साथै महानगरीय प्रहरी प्रभाग काडाघारीबाट खटिएको प्रहरी टोलीले शनिवार १५:०० बजे काठमाण्डौ महानगरपालिका-३२ गार्डेन चोक स्थित टहरामा जुवातास खेलिरहेको अबस्थामा नवलपरासी कावासोतीका राम गुराँउ सहित ६ जनालाई नगद ३५ हजार ८ सय ३० रुपैया सहित नियन्त्रणमा लिएको छ ।सबै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here