उपत्यकामा तोक्यो १४ वटा स्वाब संकलन केन्द्र

58

काठमाडौं- स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले १४ वटा अस्पताललाई स्वाब संकलन गर्ने केन्द्र तोकेको छ। पछिल्ला दिनमा काठमाडौँमा जोखिम बढिरहेकोले मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ।  साथै शंकास्पद संक्रमितहरुको खोजपडताल गर्ने काम तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयले जोखिमयुक्त स्थानबाट आएका र शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिलाई नजिकको केन्द्रमा गएर स्वाब दिन आग्रह गरेको छ। तोकिएका केन्द्रमा बिहान ९ बजे देखि १ बजेसम्म पुगेर नमुना दिन सकिने छ।

सरकारले पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल्, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, प्रसूति अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, स्टार अस्पताल सानेपा, ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई नमुना संकलन गर्ने केन्द्रका रुपमा तोकेको छ।

यसबाहेक सम्पूर्ण हव अस्पताल, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १,२ र ३ अस्पतालहरुमा पनि गएर नमुना दिन सकिने मन्त्रालयले स्पष्ट पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here