उपत्यकामा  ६२ जना  कोरोना संक्रमित थपिए 

92

 

काठमाडौं – मंगलबार काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमति थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८, ललितपुर १  र भक्तपुर १३ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।

काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७२७ पुगेको छ।  मंगलबार देशभर २५९ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here