काठमाण्डौ – रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ । इमेज एफ.एम.मा कार्यरत उनको गएराति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
श्रेष्ठ लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित थिए । उनी ४५ वर्षका थिए ।
धरान घर भएका सुरज श्रेष्ठले पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गरेका थिए । त्यस्तै ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा उनले आफ्नो छुट्टै पहिचान बनाएका थिए ।
लिरिसिस्ट र कम्पोजरसमेत रहेका सुरज श्रेष्ठले इमेज एफ.एम.मा ‘इमेज पप’ लगायतका लोकप्रिय कार्यक्रम चलाउने गरेका थिए । उनले म्युजिक भिडियो डाइरेक्टरको रुपमा समेत कामगरेका छन् ।
इमेज एफएमको पुवै स्टेशन म्यानेजरसमेत रहेका उनको श्रीमती, एक छोरा र एक छोरी छन् ।

















