अक्षय कुमारद्धारा फानी चक्रवात पीडितलाई १ करोड प्रदान

210

एजेन्सी  / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गैर राजनीतिक अन्तरवार्ता गरेका र मतदान नगरेका कारण आलोचकको निशानामा आएका फिल्म अभिनेता अक्षय कुमारले ओडिशामा आएको फानी चक्रवातका पीडितका लागि एक करोड भारु दान दिएका छन् । अक्षय कुमारले मुख्यमन्त्री राहत कोषमा पैसा जम्मा गरेका छन् । उक्त आँधीका कारण त्यहाँका घरमा निकै क्षती पुगेको छ । रिपोर्टका अनुसार फानी आँधीमा जम्मा ३४ जनाको मृत्यु भएको छ । यो आँधीका कारण सयौं मानिसहरु खानेपानी र बिजुलीको अभाव झेलिरहेको छन् । पीडितलाई सहयोग गर्नका लागि राज्य सरकारले हरसम्भव कोसिस गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here