नेपाली कथानक चलचित्र ‘निरमाया’ को विशेष प्रदर्शन

74

काठमाडौं । नेपाल स्रष्टा समाजले चलचित्र विकास वोर्डको हलमा नयाँ नेपाली कथानक चलचित्र  ‘निरमाया’ को विशेष प्रदर्शन गरेको छ ।

साहित्यकारहरूका लागि प्रदर्शन गरिएको उक्त चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछुतको विषय समेटिएको छ । समान र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनिचको फरक हटाउनु पर्ने जस्ता विषय फिल्ममा प्रस्तुत गरिएको छ ।

कला र शिपको राम्रो संयोजन रहेको निरमायामा महिला र पुरुष दुई जातिमात्र रहेको र सबैको रगत रातो हुने सन्देश दिइएको छ ।

चलचित्रकाे कथा मन छुने, मार्मिक तथा सन्देशमुलक रहेको साहित्यकारहरुको प्रतिक्रिया छ । चलचित्र हेरेपछि साहित्यकारहरु तुलसी दिवस, नगेन्द्रराज शर्मा, राधेश्याम लेकाली, राजेन्द्र शलभ, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, डा. दामोदर पुडासैनी, मधु पाठकलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

अनन्तप्रसाद तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्ममा रमेश कोइरालाको निर्देशन छ । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मका निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । यो  चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे,जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारि, अनिता केसी, गोपाल ढकाल, रामबाबु रेग्मी आदि कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ ।

रवि कोइराला र जीवन पराजुलीले छायाँकन गरेको यो फिल्मको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द, कमल अधिकारी, रिमेश कुमारको संगीत रहेको छ । विनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको यो फिल्मको छायाँकन सिन्धुली,काभ्रे र रामेछापमा गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here