भूकम्पबाट भत्किएका गुम्बा मर्मतमा सुस्त

428

काठमाडौं – विनाशकारी भूकम्पबाट भत्किएका गुम्बा, विहार मर्मत तथा पुनर्निर्माणका काम सुस्त देखिएको छ । २०७२ वैशाख १२ गते भूकम्प गएको पाँच वर्ष बिते पनि गुम्बा, विहार र स्तूपहरूको संरक्षण जीर्णोद्धार तथा पुनर्निर्माण कार्य भने बल्ल ६५ प्रतिशत सकिएको छ ।

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा दर्ता भएका दुई हजार ७०३ वटा गुम्बा, विहारमध्ये एक हजार ३५७ वटा गुम्बा, विहार २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना, कार्यान्वयन एकाइ ९अनुदान, व्यवस्थापन तथा स्थानीय पूर्वाधार० का निर्देशक गणेश वस्तीले मर्मत सम्भार मात्र गरेर सञ्चालन गर्न मिल्ने करिब चार सयवटा गुम्बा, विहार तथा स्तूपाको मर्मत सम्भार ६५ प्रतिशतको प्रगति भएको जानकारी दिए । त्यसमध्ये ३५ प्रतिशत काम जारी छ । ती संरचना २७ करोड रुपियाँ लागतमा मर्मत सम्भार भइरहेका छन् ।

ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाको मर्मत तथा पुनर्निर्माणका लागि पाँच अर्ब रुपियाँ लगानी लाग्ने अनुमान गरिएको थियो । त्यसका लागि भारतीय एक्जिम बैङ्कको ८७ प्रतिशत र नेपाल सरकारले १३ प्रतिशतको खर्च व्यवस्थापन गर्ने गरी बजेटको स्रोत जुटाउने भनिएको थियो ।

युगौँदेखि बौद्ध परम्पराको अभ्यास भइरहेका पुराताìिवक महìवका त्यस्ता संरचना भूकम्पले भत्किएको तीन वर्षसम्म संरचना अनुगमन, त्यसको वर्गीकरण, पुनर्निर्माणका लागि कार्यविधि बनाउनै लागेको थियो ।

आर्थिक वर्ष ०७५÷७६ का लागि ४६ करोड ८६ लाख रुपियाँ विनियोजन गरिएकोमा आर्थिक वर्षको अन्तिम समयमा मात्र नेपाल सरकारले राख्ने १३ प्रतिशत बजेट निकासा हुँदा काम अगाडि बढ्न नसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here