काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन्। यो हालसम्मकै उच्च संख्या हो। काठमाडौंमा मात्र ९० र ललितपुरमा २ जना संक्रमित देखिएकाे छ भने उपत्यकामा कुल संक्रमितको संख्या ११३६ पुगेको छ। काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएका छन्।
योसँगै कूल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। भने ४० जना संक्रमित निको भएका छन्। आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा मृतक संक्रमितको संख्या ७५ पुगेको छ।


















