एजेन्सी – रुसमा रङ्गिन हीरा भेट्टिएको छ । गाढा पहेंलो र खैरो रङ्गको हीरो प्राकृतिक रुपमै भेटिएको हो ।
समाचार संस्था तासका अनुसार रुसी हिरा उत्पादक अलरोसाले २३६ क्यारटको रङ्गिन हीरा भेटेको शुक्रबार जानकारी दिएको हो । उत्तरी याकुटियामा भेटिएको हीरा अहिलेसम्म रुसमा भेटिएकोमध्ये ठुलो हो ।अलरोसाका अनुसार हीरा १२ करोड देखि २३ करोड वर्ष पुरानो हो । यस्तो पृथक रङ्गको हीराबारे अध्ययन गरी विक्रीमा लानेबारे निर्णय हुने अलरोसाले जनाएको छ ।