सुनको मूल्यमा गिरावट

83

काठमाडौं – पछिल्लो समय आक्रामक रूपमा बढेको सुनको मुल्य बिस्तारै घट्न शुरू गरेको छ ।

मंगलवार नेपाली बजारमा सुनको मूल्यमा ८ सय रुपैयाँको गिरावट आएको छ । यसदिन छापावाल सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसदिन तेजाबी सुन प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलवार चाँदीको मूल्यमा भने ४० रुपैयाँको वृद्धि भएको छ । यसदिन चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here