काेराेना संक्रमितको संख्या २५,५५१ पुग्यो

62

काठमाडौं-   नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शुक्रबार  देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ५५१ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ७७ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here