काठमाडौं — भाषासेवी, साहित्यकार लगायत नेपालका परम्परागत पौभाः चित्रकलामा चचिंत कलाकार प्रेममान चित्रकार ७६ बर्षमा आज निधन भएको छ ।
कलाकार चित्रकार विगत लामो समय देखि दमरोगी भएकाले काठमाडौंको कलंकीस्थित नेशनल हस्पिटलमा उपचारका क्रममा असमायिक निधन भएको थियो ।
चित्रकारले राजकीय प्रज्ञा प्रतिष्ठानबाट इन्द्रराज्य प्रज्ञा पुरस्कारलगायत अन्य पुरस्कारबाट विभूषित हुनु भएकाे छ ।
नेपाल भाषा साहित्यिक क्षेत्रमा समेत कलम चलाउनुका साथै विविध साहित्यिक कृति समेत प्रकाशित गरेका छन् ।
दिवंगत चित्रकार नेपाली पौभाः चित्रकला क्षेत्रमा आफ्नो जीवनकालमा विशिष्ट पहिचान कायम गर्न सफल भएको थियो । उनका जहानका साथै तीन जना छोरी लगायत एक जना छोरा हुनु हुन्छ । 
















