पर्सामा काेराेनाबाट थप एकको मृत्यु

160

वीरगन्ज : पर्सामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। पर्साको धोबनी गाउँपालिका – ३ गुलरिया गाँउका ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु हो। वीरगन्जस्थित नारायणी अस्पतालको आइशोलेसनमा उपचारकै क्रममा उनको बुधबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर आतुलेश चौरासीयाले जानकारी दिए।

डाक्टर चौरसीयाका अनुसार ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई भदौ ८ गते नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। त्यहि दिन उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ। साउन यतामा मात्रै ३९ जनाको मृत्यु भएको हो। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४३ जनामध्ये १ बेवारिसे युवक सहित पर्साका ३२ जना, बाराका ९ जना र रौतहटका २ जना रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here