संसारका एक तिहाई बालबालिका दुर शिक्षाबाट बन्चित

345

एजेन्सी – कोरोना महामारीका कारण संसारका एक तिहाई अर्थात् ४६ करोड ३० लाख बालबालिका दुर शिक्षाको पहुँचबाट बन्चित भएको युनिसेफ जनाएको छ । युनिसेफद्वारा सार्वजनिक गरिएकाे प्रतिवेदनमा सबै मुलुकले विद्यालय पुनः सुचारू गर्ने योजनालाई पर धकेलिरहेको हुनाले संसारका  एक तिहाई बालबालिका दुर शिक्षाको पहुँचबाट बन्चित भएको उल्लेख गरिएको छ ।

यसको असर आगामी केहि दशकसम्मै अर्थतन्त्र तथा समाजमा महसुस हुनेछ जनाउँदै  युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले भन्नुभयो  कोभिड-१९ को कारणले विद्यालय जानबाट बन्चित भएका कम्तीमा पनि ४६ करोड ३० लाख बालबालिकाका लागि दुर शिक्षामा पनि पहुँच भएन, महिनौसम्म यति धेरै बालबालिकाको पढाइ एवं सिकाईमा पूर्ण अवरोध हुनु भनेको विश्वव्यापी शैक्षिक आपतकाल हो ।’

प्रतिवेदनले १०० वटा विभिन्न देशहरूमा पुर्व(प्राथमिक, प्राथमिक, निम्न-माध्यमिक तथा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका माझ दुर शिक्षाको लागि आवश्यक घरमा आधारित प्रविधि तथा साधनहरूको उपलब्धताको विश्वव्यापी प्रतिनिधिमुलक विश्लेषणको प्रयोग गरेको छ। उक्त तथ्यांकमा टेलिभिजन, रेडियो र इन्टरनेटको पहुँच तथा विद्यालय बन्द भएको समयमा यी माध्यमबाट उपलब्ध गराइएका पाठ्यक्रमको उपलब्धता पनि समावेश छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here