अर्जेन्टिनाका राष्ट्रपतिको मेस्सीलाई सन्देश

231

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लियोनेल मेस्सीलाई स्वदेश फर्केर निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गर्न आग्रह गरेका छन् ।

क्लब छाड्ने इच्छा व्यक्त गर्दै मेस्सीले बार्सिलोनालाई पत्र लेखे यता उनको भविष्यबारे निकै चर्चा भइरहेको छ । ला लिगाले हालै उनको करारमा रहेको ७० करोड युरोको रिलज क्लजभन्दा कम रकममा क्लब छाड्न नसक्ने बताएपछि उनको भविष्यबारे थप अन्यौलता देखिएको छ ।

यसका बावजुद धेरै क्लबहरुसँग मेस्सीको नामहरु जोडिएका छन् । जसमा म्यान्चेस्टर सिटी अग्रस्थानमा रहेका छ भने यो दौडमा पेरिस सेन्ट जर्मेन, इन्टर मिलान र युभेन्टस पनि जोडिएको छ ।

३३ वर्षको उमेरमा पनि गत सिजन व्यक्तिगतरुपमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले अझै युरोपियन फुटबलमा राम्रो प्रदर्शन गर्न सक्छन् । यसका बावजुद अर्जेन्टिनीहरु भने मेस्सी स्वदेश फर्कन सक्ने सपना साकार हुन सक्नेमा आशावादी छन् ।

हालै मात्र मेस्सीले बाल्यकालमा खेलेको क्लब निवेल्स ओल्ड ब्वाइज क्लबका समर्थकहरुले रोजारियोको सडकमा मेस्सीको समर्थनमा जुलुस निकालेका थिए । अहिले अर्जेन्टिनाकै राष्ट्रपतिले पनि मेस्सी र क्लबको सो पुनर्मिलन हेर्ने इच्छा व्यक्त गरेका छन् ।

‘तिमी हाम्रो हृदयमा छौँ र तिमीलाई हामीले हाम्रो देशमा खेलेको देखेका छैनौँ,’ फर्नान्डेजले सी५एनमार्फत मेस्सीलाई सन्देश सुनाए, ‘निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गरेर हामीलाई आनन्द देऊ ।’

३३ वर्षीय खेलाडीले क्लबबाट नखेल्ने इच्छा प्रकट गर्दै क्लबको मेडिकल र प्रशिक्षणमा सहभागी भएका छन् । तर, उनको स्थानान्तरण भने दिनप्रतिदिन पेचिलो बन्दै छ । –  गोल डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here