नवजात शिशुकाे स्याहार गर्ने १२ तरिका

347
Beautiful newborn baby boy, laying in crib in prenatal hospital

नवजात शिशु स्याहार गर्ने तरिका

१. नवशिशु जमिने बित्तिकै सफा, नरम कपडाले पुछेर सुख्खा पर्नुपर्छ।

२. नवशिशुको नाभी काट्ने बित्तिकै नाभी मलम लगाउनुपर्छ, अन्य कुनै कुरा लगाउनु हुँदैन।

३. नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौती दूध खुवाउनुपर्छ।

४. नवशिशुलाई आमाको छातीमा टाँसेर न्यानो पारेर राख्नुपर्छ।

५. नवशिशुलाई २४ घन्टासम्म नुहाउनु हुँदैन।

६. ठूला बच्चाभन्दा नवशिशुहरु चाँडै बिरामी हुने र चाँडै सिकिस्त हुने हुनाले विशेष ध्यान दिनु आवश्यक छ।

७. नवशिशुलाई संक्रमण हुनबाट जोगाउन धेरै भीडभाड भएको स्थानमा नलग्ने, शिशुलाई छुँदा, स्तनपान गराउँदा साबुनपानीले मिचीमिची हात धुनुपर्छ।

८. नवशिशुलाई २४ घन्टामा कम्तिमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउनुपर्छ।

९. शिशुलाई जन्मेदेखि ६ महिनासम्म अनिवार्य रुपमा आमाको दूध मात्र खुवाउ पर्छ अन्य कुरा खुवाउनु हुँदैन।

१०. नवशिशुलाई खतराका लक्षणहरु देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लैजानुपर्छ।

११. बच्चा जन्मेको ३५ दिनभित्र अनिवार्य रुपमा जन्म दर्ता गराउनुपर्छ।

१२. सरकारले नवशिशु बिरामी तथा मृत्युदर घटाउन यसै आव २०७२/०७३ देखि निःशुल्क नवशिशु उपचार गर्ने व्यवस्था सबै स्वास्थ्य संस्थामा गरेकोछ।

नवशिशुमा देखिने खतराका लक्षण

१. कम्पन आउने,

२. सास फेर्न गाह्रो हुने/छिटोछिटो सास फेर्नु,

३. धेरै कम तौलको बच्चा हुनु,

४. धेरै ज्वरो आउनु,

५. बच्चाको हातखुट्टा चिसो हुनु,

६. दूध चुस्न नसक्नु,

७. नाइटोबाट रगत वा पिप बग्नु,

८. आँखा र छाला पहेँलो देखिनु,

९. बच्चा सुस्त वा बेहोस हुनु,

१०. जन्मेको २४ घन्टासम्म बच्चाले दिशा-पिसाब नगर्नु,

११. बच्चाको शरीरभरि बिबिरा/ फोका आउनु,

१२. आँखा रातो हुनु, सुनिनु वा पिप बग्नु। आदि।  – स्वास्थ्य खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here