काठमाडौं । भूमि अधिकार तथा आदिवासी समुदायको मुद्दालाई केन्द्रमा राख्दै काठमाडौं जिल्लाका क्षेत्र नं. ७, ८ र ९ का प्रतिनिधिसभा उम्मेदवारहरूले सार्वजनिक रूपमा प्रतिबद्धता घोषणा गर्ने भएका छन्।
भूमि अधिकार संरक्षण समितिको आयोजना तथा स्वबासी सरोकार समाजको सह-आयोजनामा हुने उक्त कार्यक्रममा उम्मेदवारहरू बसन्त मानन्धर (क्षेत्र नं. ७), सुमन सायमी (क्षेत्र नं. ८) र राधाकृष्ण महर्जन (क्षेत्र नं. ९) ले आफूहरूले हस्ताक्षर गरेको प्रतिबद्धता–पत्रअनुसारका माग तथा मुद्दा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउने कार्यक्रम तय गरिएको छ।
आयोजकका अनुसार प्रतिबद्धता–पत्रमा गैरन्यायिक मापदण्ड खारेजी, भूमि तथा प्राकृतिक साधन–स्रोतमा आदिवासी समुदायको पहुँच सुनिश्चितता, स्वबासीको परिभाषालाई समयानुकूल परिमार्जन गरी स्थानीय तहबाट व्यवस्थापन, स्वायत्त, विशेष तथा संरक्षित क्षेत्र निर्माण, ILO 169 तथा UNDRIP को पालना, स्थानीय भाषालाई प्राथमिकता, गुथिको स्वायत्त सञ्चालन तथा भूमिहीन सुकुम्बासीको न्यायिक व्यवस्थापनलगायतका विषय समेटिएका छन्।
घोषणा सभा यहि २०८२ फागुन १६ गते शनिबार दिउँसो १२:३० बजे खुसिबुँ काठमाडौं स्थित नेपा: ब्यङ्क्वैटमा आयोजना हुने जनाइएको छ। आयोजक संस्थाहरूले सम्बन्धित सरोकारवाला, समुदायका प्रतिनिधि तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई समर्थन जनाउन आग्रह गरेका छन् ।













![संघीय संसद्मा महासचिव गुटेरेसले गरेको सम्बोधन [पूर्णपाठसहित]](http://swaviman.com/wp-content/uploads/2023/10/Untitled-15-218x150.jpg)



